२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

अवैधरूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतार सरकारको घोषणा

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ माघ २७ गते १२:०७
अवैधरूपमा बसेका विदेशी नागरिकलाई आममाफी दिने कतार सरकारको घोषणा

दोहा, कतार : कतारमा अलेखबद्ध (इलिगिल) भएर बसेका सबै देशका नागरिकलाई आफ्नो मातृभूमि फर्कन कतार सरकारले आममाफी दिने घोषणा गरेको छ । कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका र विभिन्न भिसाको नियम पालना नगरेका व्यक्तिलाई कतार सरकारले आ-आफ्नो मातृभूमि फर्कन आग्रह गर्दै आममाफी दिने घोषणा गरेको हो । 

सरकारले आज आइतबारदेखि लागू हुने गरी अबको तीन महिना बिना जरिवाना, बिना जेल सजाय घर फर्कन दिने जनाएको छ । सरकारले उपलब्ध गराएको यो सुविधा लिन चाहने व्यक्तिहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजे भित्र गएर निवेदन दिनुपर्नेछ ।

आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्न सन् २०१५ मा बनेको कानुन न२१ अन्तर्गत यो प्रक्रियाको थालनी गरिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । कतार सरकारले दिएको यो सुविधालाई अधिकतम उपयोग गर्न नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीले मध्यान्ह दैनिकमार्फत कतारमा रहेका नेपालीहरूलाई आग्रह गरेकी छन् ।


ADV

सम्बन्धित खबर

Advertise