२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

बढी भार बोक्ने २ सय टिपरलाई कारबाही

hardik ivf
मध्यान्ह
२०८१ माघ २८ गते १५:२७
बढी भार बोक्ने २ सय टिपरलाई कारबाही

सिरहा : सिरहाको मिर्चैयामा बढी भार बोकेका झन्डै २ सय टिपर कारबाहीमा परेका छन् । मिर्चैयास्थित कटारी चोकमा सोमबार ट्राफिक प्रहरीले बढी भार बोक्ने टिपरहरूलाई कारबाही गरेको हो ।

ओभर लोड बोकेका कारण ती टिपरलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख पोषणराज थपलियाले बताए । 

उनका अनुसार बढी भार बोक्ने करिब २०० टिपरलाई कारवाही गरिएको हो । 

सिरहाको मारुती सिमेन्ट उद्योग, सौर्य सिमेन्ट उद्योग र धनुषाको कसमस सिमेन्ट उद्योगका लागि उदयपुर र सिन्धुलीबाट दैनिक करिब एक हजार टिपरले लोड क्षमताभन्दा बढी चुनढुंगा बोकेर ल्याउने गरेका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise