२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

७४ जना बालबालिकाको उद्धार

hardik ivf
मध्यान्ह
२०८१ फागुन २९ गते १६:३२
७४ जना बालबालिकाको उद्धार

काठमाडौं : काठमाडौं महानगरपालिकाले ११ महिनामा ७४ जना बालबालिकाको उद्धार गरेको जनाएको छ । महानगरकी बाल कल्याण अधिकारी शान्ता पहाडीका अनुसार २०८१ को बैशाखदेखि फागुसम्म ४१ जना बालक र ३३ जना बालिकाको उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये ३८ जना बाल संरक्षण गृहमा रहेका छन् भने ३४ जनालाई परिवारसँग पुनर्मिलन गराइएको महानगरले जानकारी दिएको छ । महानगरले ती बालबालिकाको उद्धारपछि ७ जनाको मुद्दा न्यायिक प्रक्रियामा अघि बढाएको छ । जसमा ४ जनाको मुद्दा जबरजस्ती करणी, २ जनाको बाल यौन दुव्र्यवहार र १ जनाको कुटपिट तथा दास बनाइएको घटनासँग सम्बन्धित छन् ।

पछिल्ला दुई घटनामा महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरीसरह मानी सोही आधारमा मुद्दा दायर गरिएको महानगरले जानकारी दिएको छ ।


 

ADV

सम्बन्धित खबर

Advertise