२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

‘वन डढेलो सचेतना सप्ताह’ मनाइने

९६ प्रतिशत डढेलो मानवीय हेलचेक्रयाइँबाट

hardik ivf
मध्यान्ह
२०८१ माघ २८ गते १६:०८
‘वन डढेलो सचेतना सप्ताह’ मनाइने

काठमाडौं :  सरकारले अब हरेक वर्ष १ देखि ७ फागुनसम्म एक हप्ता ‘वन डढेलो सचेतना सप्ताह’ सुरु गर्ने भएको छ । सोमबार संसद् बैठकमा बोल्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सप्ताहको व्यवस्था गरिएको जानकारी दिए । 

‘आम जनसमुदायलाई सचेत गराउने उद्देश्यले सबै जिल्ला सदरमुकाम तथा वन डढेलोको हिसाबले अति संवेदनशील समुदाय स्तरमा विविध कार्यक्रमसहित सप्ताह मनाउने निर्णय भएको छ ,’ उनले भने, ‘यसका लागि प्रदेश मन्त्रालयहरूमार्फत सम्बन्धित संस्थाहरूलाई निर्देशन दिइसकिएको छ ।’

उनले वन डढेको हिसाबले जोखिमपूर्ण पहिचान भएको स्थानमा वन डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ता समूहको संलग्नतामा ‘अग्नि नियन्त्रण दस्ता’ गठन गरेर काम गर्न सकिने व्यवस्था गरिएको पनि बताए ।

वन डढेलोको ९६ प्रतिशत कारण मानवीय लापरवाही भएको पाइएको पनि मन्त्री शाहीले बताए । उनका अनुसार मानवीय कारण नै डढेलोको मुख्य कारण रहेको तथ्यांकले देखाएको हो ।

नेपालमा करिब ९६ प्रतिशत डढेलो मानवीय हेलचेक्रयाइँबाट हुने गरेको बताउँदै सबै सचेत हुन आग्रह समेत गरे । ‘नेपालमा करिब ६५ प्रतिशत डढेलो चैत्र र वैशाख मध्यतिर लाग्ने गरेको पाइएको छ’, उनले भने, ‘विभिन्न कारणले डढेलो लाग्ने गरेपनि मानवीय कारणबाट भने ९६ प्रतिशत वन डढेलो लाग्ने हुने गरेको पाइएको छ । सबै सचेत हुन जरूरी छ ।’

सन् २०२१ मा सबैभन्दा बढी ६५ वटा डढेलोका घटना भएको र डढेलो करिब करिब सबै जिल्लामा फैलिएको तथ्यांकले देखाएको मन्त्रीले जानकारी दिए । मन्त्री शाहीका अनुसार यस वर्ष १ महिनामा २५ जिल्लाका विभिन्न स्थानमा गरी ५६ वटा डढेलोका घटना भएको पाइएको छ । यस वर्ष सबैभन्दा बागमतीमा र सबैभन्दा सुदूरपश्चिम प्रदेशमा डढेलो लागेको पाइएको हो ।

यस वर्ष कतिपय स्थानमा डढेलो नियन्त्रणमा लिइसकेको र कतिपय ठाउँमा नियन्त्रणको प्रयासमा रहेको मन्त्री शाहीले बताए । नेपालमा डढेलोबाट औसत रूपमा वार्षिक ८ जनाको मृत्यु र ८ जना घाइते हुने गरेको तथ्यांकले देखाएको छ ।

मन्त्री शाहीले वनमा लागेको डढेलो गाउँबस्तीमा फैलिन गइ मानवीय क्षति हुने गरेको भन्दै सबै सचेत हुन जरूरी रहेको बताए । पछिल्ला दिनमा डढेलोका घटना वृद्धि भई मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधताको नास हुँदै गएको छ । जसले गर्दा वायु प्रदूषण समेत बढ्दै गएको छ ।


 

ADV

सम्बन्धित खबर

Advertise