काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्षसम्मका रहेका छन् ।
संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् । त्यसैगरी, पोखरीया नगरपालिकाका २५ वर्षीय चिकित्सक पनि संक्रमित भएका छन् ।
यस्तै एकजना महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्युपछि रिपोर्ट पोजेटिभ आएको हो ।
उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामीको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनको आइतवार बिहान गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ बर्ष देखि ५० वर्षका सम्मका ९ जना, मेग्नस फर्माका २ जना पुरुष र१ जना महिला कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छिन् । पोखरियाका एक पुरुष र पोखरिया अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies