एजेन्सी : अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । आणविक हतियार उत्पादन सिमित गर्न चेतावनी दिँदै आएको अमेरिकाले इरानका दुई दर्जन बढी व्यक्ति तथा संस्थामाथि प्रतिवन्ध लगाउने तयारी गरेको हो ।
इरानको आणविक, क्षेप्यास्त्र तथा परम्परागत हतियार उत्पादन कार्यक्रममा सहभागीहरुमाथि प्रतिबन्ध लगाउन लागिएको हो । आणविक हतियार उत्पादनमा इरानको बढ्दो तिव्रतालाई नियन्त्रण गर्ने प्रयासलाई प्रतिवन्धले सघाउने अमेरिकाको दावी छ । इरानले यो बर्षको अन्तिमसम्म आणविक हतियार उत्पादन थाल्ने अमेरिकी दावी छ ।
त्यस्तै उसले उत्तर कोरियासँग लामो दुरीको क्षेप्यास्त्र सम्बन्धी सहकार्य गरेको अमेरिकाले बताउदै आएको छ । इरानले संयुक्त राष्ट्रसंघको स्वीकृति विनै आफ्नो मुलुकमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको निर्णयको कडा जवाफ दिने चेतावनी दिएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै इरानी राष्ट्रपति हसन रुहानीले राष्ट्रसंघीय प्रतिबन्ध लगाउने अमेरिकाको प्रयास विफल भएको भन्दै विश्व शक्ति राष्ट्रहरुलाई बधाई समेत दिए । इरानमाथि राजनीतिक र कानुनी आधारमा इरानमाथि अधिक दबाव सिर्जना गर्ने अमेरिकी प्रयासले उसैलाई एक्ल्याउदै गएको रुहानीको दावी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies