२०८२ असोज ९ गते बिहिवार / Sep 25 , 2025 , Thursday
२०८२ असोज ९ गते बिहिवार
Ads

परिवर्तन रक्षा र समाजवादी क्रान्तिमा अखिल क्रान्तिकारीको जोड

shivam cement
बालाराम शेर्पाली
२०८२ असोज ८ गते २१:५२
परिवर्तन रक्षा र समाजवादी क्रान्तिमा अखिल क्रान्तिकारीको जोड

रुकुमपूर्व : विजयादशमी, तिहार र छठ पर्वको अवसरमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रुकुमपूर्वले बुधबार रुकुमकोटमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

बी.एल.बी होटलमा आयोजित कार्यक्रममा पार्टीका नेता, विद्यार्थी, बुद्धिजीवी र स्थानीय प्रतिनिधिको उल्लेख्य सहभागी रहेको थियो । 

कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरूले माओवादी आन्दोलनले ल्याएको परिवर्तन गुम्न नदिन सतर्क रहन आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले माओवादी जनयुद्धमा युवाको बलिदान स्मरण गर्दै परिवर्तनलाई जोगाउने जिम्मा अहिलेको पुस्ताले लिनु बताए । 

यस्तै प्रदेश समिति सदस्य तिर्था पुनले सबै धर्म र संस्कृतिलाई सम्मानपूर्वक स्वीकार गरी आपसी सद्भाव बलियो बनाउनुपर्नेमा जोड दिए । 

सचिवालय सदस्य उपेन्द्रलाल कामीले समाजवादी क्रान्तिको नेतृत्व माओवादी केन्द्रले लिनुपर्ने दाबी गर्दै दलित मुक्तिमोर्चाले समेत त्यस दिशामा अभियान तय गरेको बताए । विद्यार्थीका केन्द्रीय उपाध्यक्ष सन्दिप पुनले हालको जेनजी पुस्ता भ्रष्टाचार र निरंकुशताविरुद्ध आन्दोलनतर्फ उभिँदै गएको उल्लेख गर्दै सचेत रहन आग्रह गरे ।

अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले विद्यार्थी राजनीति सामाजिक रूपान्तरणको मेरुदण्ड भएको बताउँदै अध्ययनसँगै जनमुखी आन्दोलनमा संलग्न रहनुपर्ने बताए । जेनजीलाई समात्दै अखिल क्रान्तिकारीले विद्यार्थी आन्दोलनलाई पुनः जागृत गर्ने बताए । अब युवा पुस्तालाई जन सुकै पार्टीले न समेत पार्टीले क्षति ब्यहोर्नुपर्ने उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise