काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दसैं तिहार र छठ पर्वलाई लक्षित गरी नयाँ उपहार योजना सार्वजनिक गरेको छ । ‘दसैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ नाम दिइएको यो योजना असोज ५ गतेदेखि कात्तिक ४ गतेसम्म (२१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५) देशभर लागू हुने भएको हो ।
कम्पनीका अनुसार योजनाअन्तर्गत कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक उपहार जित्न सक्नेछन् । खरिदपश्चात स्मार्टफोनको क्युआर कोड स्क्यान गरी आइएमइआई नम्बरसहित विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमार्फत नतिजा हेर्न सकिने जनाइएको छ ।
कम्पनीका अनुसार यस अभियानमा दुई जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर पाउनेछन् । त्यसैगरी, चार जनाले रियलमी १४ टी स्मार्टफोन, १० जनाले रियलमी सी ७५ स्मार्टफोन, ६ सय जनाले विशेष उपहार बक्स, ५ हजार जनाले क्रस ब्याग र १० हजार जनाले आकर्षक पानीको बोतल जित्ने अवसर पाउनेछन् ।
उपहार दाबी गर्न ग्राहकले खरिद गरिएको स्मार्टफोन सक्रिय भएको प्रमाणसहित वारन्टी कार्ड र खरिद बिल खुद्रा विक्रेतामार्फत देखाउनुपर्ने जनाइएको छ ।