२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

एनआरएनए मलेसियाले दशैं, तिहार र छठको शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै

shivam cement
तिलोचन गौतम
२०८२ असोज ८ गते २०:५५
एनआरएनए मलेसियाले दशैं, तिहार र छठको शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै

मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया र नेपाली व्यवसायी समाज मलेसियाले संयुक्त रूपमा विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । यो कार्यक्रमको मुख्य उद्देश्य मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्नुका साथै नेपाली संस्कृति र परम्परालाई जीवन्त राख्नु रहेको छ ।

एनआरएनए मलेसियाका महासचिव प्रमोद शर्माले यो कार्यक्रमले नेपाली समुदायको आपसी भाइचारा र सहकार्यलाई थप मजबुत बनाउने बताए । "हाम्रो संस्कृति र परम्परालाई जोगाउँदै मलेसियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूबीच एकताको भावना प्रवर्द्धन गर्न यो कार्यक्रम महत्वपूर्ण हुनेछ," उनले भने ।

कार्यक्रममा सांस्कृतिक नृत्य, साङ्गीतिक प्रस्तुति र शुभकामना आदान–प्रदान हुने एनआरएनए मलेसियाका अध्यक्ष इन्द्रनारायण लिम्बूले जानकारी दिए । उनका अनुसार यो आयोजनाले मलेसियामा रहेका नेपालीहरूबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउनेछ ।

नेपाली व्यवसायी समाज मलेसियाका अध्यक्ष शिव थापाले यो शुभकामना आदान–प्रदान कार्यक्रम मलेसियामा रहेका नेपाली समुदायका लागि अविस्मरणीय हुने विश्वास व्यक्त गरे । कार्यक्रममा चर्चित कलाकारहरू काशी गुरुङ, बिना तमाङ, चार्ली घिसिङ र सविता तमाङले साङ्गीतिक प्रस्तुति दिने भएका छन्, जसले कार्यक्रमलाई थप रौनकमय बनाउने अपेक्षा गरिएको छ ।

यो कार्यक्रमले नेपाली समुदायको सांस्कृतिक पहिचानलाई प्रवासमा समेत उजागर गर्न र सामुदायिक एकतालाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise