झापा : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनको विषय टुंगो लगाउन छलफल जारी रहेसंगै प्रधानमन्त्री केपी ओलीले शुक्रबारको क्याविनेट बेठक कतिपय मन्त्रीका लागि अन्तिम हुन सक्ने संकेत गरेपछि मन्त्रिमण्डल पुनर्गठन संभवत: आगामी सोमबारसम्म भैसक्ने आँकलन गरिएको छ ।
पार्टीको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको सहमति भएपनि त्यसले अझै मूर्तरुप पाउन सकेको छैन । सोही विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार पुन: छलफल भएपछि प्रम ओलीको उक्त संकेत आएबाट ब्यक्तिका बारेमा बाहेक मन्त्रिमण्डल पूनर्गठनको सैद्दान्तिक सहमति भने भैसकेको सुत्रहरुले बताएका छन् ।
गत आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवाश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गर्न प्रस्ताव गरिएको थियो । जसमा विभिन्न तीन विकल्पमा छलफल भएपनि कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।
सचिवालयले निर्णय नगरेपछि उचित मापदण्ड तय गरेर त्यसैका आधारमा मन्त्रिमण्डल हेरफेर गर्न नेताहरु सहमत हुँदै दुवै अध्यक्षलाई जिम्मेवारी दिएका थिए । बिहीबार दुई अध्यक्षबीचको छलफलमा पनि सबै मन्त्री फेर्ने वा दुई वर्ष पुरा भएकालाई हटाउने र बाँकी राख्ने अथवा राम्रा काम गरेकालाई राख्दै अन्यलाई फेरवदल गर्ने भन्ने विकल्पमा छलफल भएको थियो ।
पार्टीभित्रको लामो संघर्षपछि सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेकाले कसलाई लैजाने भन्ने पात्रको विषयमा बिभिन्न मत भएपनि आगामी निर्वाचनलाईसमेत ध्यानमा राखेर नयॉ अनुहारलाई मन्त्रिमण्डलमा स्थान दिनु पर्ने चौतर्फी आवाज पार्टी भित्र उठेको अध्यक्षद्वयले महसुस गरेको पाइएको छ ।अध्यक्षद्वयको सहमतिपछि मात्रै मन्त्रिपरिषद् हेरफेर प्रक्रिया अघि बढ्ने निश्चित छ । यता वरिष्ठ नेता माधवकुमार नेपालले पनि सरकारलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन सबै मन्त्रीहरु फेर्नुपर्ने पक्षमा छन् ।
झापाबाट साँवाको चर्चा ?
उल्लेखित पृष्ठभूमीमा अन्यत्रजस्तै प्रधानमन्त्रीको गृह जिल्ला झापाबाट को मन्त्री होला भन्ने चासो ब्यापकरुपमा बढेर गएको छ । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली आफैं झापाको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित हुन् । यहि निर्वाचन क्षेत्र ५ संग जोडिएको झापा ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बुको नाम नयॉ बन्ने मन्त्रीको सूचीमा रहेको चर्चा जिल्लामा ब्यापक रहेको छ । अझ श्रम बिज्ञका रुपमा समेत परिचित सॉवा वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष समेत भइसकेकाले श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने प्रवल सम्भावना भएका व्यक्तिको रुपमा हेरिएको पाइएको छ ।
मन्त्रिपरिषद पुनर्गठन मापदण्डकोनक्रममा सबै मन्त्री फेर्ने या दुई वर्ष पूरा भएकालाई हटाउने मापदण्डमध्ये जुन कार्यान्वयन भएपनि सांसद साँवाको मन्त्री बन्ने सम्भावना खुल्ने अनुमान छ । वैदेशिक रोजगारका क्षेत्रमा लामो समय अनुभवसमेत सम्हालेर नेतृत्व गरिसकेका साँवा २०७० सालको संबिधान सभाको निर्वाचनमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीसंग पराजित भएपनि आफनो निर्वाचन क्षेत्रमा निरन्तर खटिरहेका कारण दोश्रो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा फराकिलो मतान्तरसहित झापा कॉग्रेसका लोकप्रिय मानिने नेता देउमान थेवेलाई पराजित गरेर संसदमा पुगेका हुन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies