सहबान अन्सारी/मध्यान्ह
नवलपरासी : नवलपरासीमा साढे चार महिनाको अवधिमा करिव अढाई करोड मूल्य बराबरको अवैध मालसामान राजश्व दाखिला गरिएको छ ।यो अवधिमा प्रहरीले २ करोड ४० लाख २९ हजार ८ सय ८ रुपैयाँ मूल्य बराबरको अवैध मालसमान प्राजश्व दाखिला गरेको हो ।
जिल्लामा प्रहरी प्रमुख अजय केसीले कार्यभार सम्हाले पश्चात प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट इयउक्त अवधिमा हरियो केराउ, छोडा, मरिच, मल, हार्डवेयरको सामान, कपडा, मोबाइललगायत ईलेक्ट्रोनिक सामान, सवारी साधनको पार्ट पुर्जा आदि बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यसैगरी सोहि अवधिमा ३ लाख २३ हजार ८ सय ४० रुपैयाँ मूल्य बराबरको अवैध काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित डिभिजन वन कार्यालय बुझाइएको छ । साथै प्रहरीले यहि अवधिमा अवैध उत्खननमा संलग्न ३० वटा ट्याक्टर, १ टिपर र ४ वटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ ।
त्यसैगरी शनिवार पाल्हिनन्दन गाँउपालिका वडा नं. २ भक्सीपुरमा भारतबाट अवैधरुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी २ लाख ६२ हजार ४ सय रुपैयाँ मूल्य बराबरको ६ थान बिभिन्न कम्पनीका मोबाइल सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सरावल गाँउपालिका वडा नं. ६ बडसाडेबाट अवैधरुपमा भारतबाट नेपालतर्फ युपी ५६ एबी ४९६८ नम्बरको मोटर साइकलमा राखी ल्याउँदै गरेको अन्दाजी ३५ हजार मूल्य बराबरको लेडिज कुर्ता सुरुवाल, थान कपडा तथा सेण्डो भेष्ट कपडा र मोटरसाइकलको मूल्य करिब ५० हजार गरि कुल ८५ हजार बराबरको मोटर साइकल र कपडा सीमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको मोबाइल, मोटर साइकल र कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies