२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

बंगलादेशमा सेनाको ‘कू’ प्रयास

hardik ivf
२०८१ चैत १ गते ०६:२५
बंगलादेशमा सेनाको ‘कू’ प्रयास

काठमाडौं : बंगलादेशमा त्यहाँको राष्ट्रिय सेनाले ‘कू’को प्रयास गरेको रिपोर्ट सार्वजनिक भएको छ । लेफ्टिनेन्ट जनरल फैजुर रहमानले अन्य जनरलहरूको समर्थनमा बंगलादेश सेनाका वर्तमान प्रमुख जनरल वकार–उज–जमानलाई हटाएर ‘कू’ गराउने प्रयास गरेको रिपोर्टमा दाबी गरिएको छ ।  

तर, पर्याप्त सहयोगको अभावमा यो प्रयास असफल भएको दाबी भारतीय संचार माध्यमले गरेकोे छ । रहमान पाकिस्तान र जमात–ए–इस्लामिकका समर्थक भएको रिपोर्टमा भनिएको छ ।

भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका ‘इकोनोमिक टाइम्स’ले यस्तो रिपोर्ट सार्वजनिक भएको जनाएको छ ।

बंगलादेशी सेनाभित्र भएको कथित द्वन्द्वसँग सम्बन्धित रिपोर्टमा पत्रिकाले रहमानलाई बंगलादेशको इन्टर सर्भिस पब्लिक रिलेसन्स डाइरेक्टरेट (डीजीएफआई)ले निगरानीमा राखेको उल्लेख गरेको छ । 

बंगलादेशी सेनाले रिपोर्टलाई अस्वीकार गर्दै पूर्णतया निराधार भएको प्रतिक्रिया दिएको छ । आईएसपीआरले विज्ञप्ति जारी गरी भारतीय मिडियामा आएको रिपोर्ट पूर्णतया आधारहीन रहेको र बंगलादेशमा अस्थिरता ल्याउन जानाजान गलत सूचना फैलाउने उद्देश्यले प्रकाशन गरिएको बताएको छ । 

बंगलादेशको स्थापनादेखि नै त्यहाँ सेनाले पटकपटक ‘कू’ गरेको छ । सन् १९७५ मा सेनाले पहिलो पटक सैन्य ‘कू’ गरेको थियो । त्यसपछि सन् १९९० सम्म १५ वर्षसम्म सरकार सेनाको नियन्त्रणमा रह्यो । 

बंगलादेशी सेना १४५ देशमध्ये ३७औं स्थानमा छ । त्यहाँको सेनामा लगभग १ लाख ७५ हजार सक्रिय सैनिक छन् । 

दक्षिण एसियामा भारत र पाकिस्तानपछि तेस्रो ठूलो रक्षा बजेट बंगलादेशको सेनासँग छ ।

राजनीतिक संकटका बेला पनि सेनाले हस्तक्षेप गरेको इतिहास छ । सन् २००७ मा सेनाको समर्थनमा कार्यबाहक सरकार गठन भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise