बर्दिया : बर्दियाको राजापुरमा चैत १५ गतेदेखि सञ्चालन हुने राजापुर प्रिमियर लिग क्रिकेट प्रतियोगिताका लागि खेलाडीको अक्सन सम्पन्न भएको छ ।
कुल १०५ खेलाडी अक्सनमा सहभागी भएकोमा सहभागी ७ टिमले ९१ खेलाडी खरिद गरेका छन् ।
लिगमा सहभागी हुने टिम डिआर किङ्स घोविनपुर,राजापुर राईनोज, द सेभेन स्टार, इलाइट इगल्स, बीआईएसके च्यालेन्जर्स, दिव्या इलाभेन थ्रिडी, बर्दिया कृष्णसार स्पोर्टस क्लबले १४-१४ जना खेलाडी अनुबन्ध गरेका छन् ।
बर्दियाका ८ वटै पालिकाका पुराना तथा नयाँ स्थानीय खेलाडीसहित बाँके र कैलालीका खेलाडीलाई अक्सनमा समावेश गरिएको थियो । सहभागी टोलीहरूले अक्सनमार्फत् प्रति टिम १४ खेलाडीका लागि ५० हजार रुपैयाँ खर्च गर्न पाउने र टिमले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका न्यूनतम ५ जना खेलाडी अनिवार्य खरिद गर्नुपर्ने नियम बनाइएको थियो ।
अक्सनमा गत वर्षको लिग विजेता डिआर किङ्स घोविनपुरले सुनिल भण्डारी, निशान्त आचार्य, भागरथ चौलागाईं, रामकरण पाशी, रोहन केसी, रोशन अली, युवराज शर्मा, आकाश विष्ट, कृष्ण प्रसाद चौलागाईं, सोनु देवकोटा, विकाश साहु र संगम आचार्यलाई आफ्नो टिममा अनुबन्ध गरेको छ ।
त्यसैगरी राजापुर राहिनोजले क्षितिज थापा मगर, निर्मल गुरुङ, गोकुल खत्री, आकाश थापा, यसरथ वैश्य, उत्सव चलाउने, विजय चौधरी, मो. रेहान शेख, अश्विन पौडेल झिल्को, आकाश गुप्ता, निखिल धनकुटा, आयुष न्यौपाने, वासु गुप्ता र अनिमेश शाहीलाई अनुबन्ध गरेको छ ।
त्यस्तै द सेभेन स्टारले रमेश ढुंगाना, दिपेन्द्र रावत, युनुस खान, सुजल केसी, सुवास सिंह ठकुरी, भुवन शाही, आकाश सोनी, समिर राना मगर, डिकेनु शाह, सौगात खत्री, सौगात कार्की, आकाश यादव, नरेन्द्र कडायत र भक्त बहादुर थारुलाई अनुबन्ध गरेको छ ।
इलाइट इगल्सले अजय शाहानी, हरशल भण्डारी, प्रमित आचार्य, शौरभ मणी उपाध्याय, लवकुश यादव, विनायक गिरी, रजु अली, अश्मित शाही, महेश चौधरी, सविन शाक्य, निखिल खत्री, सन्दिप नेपाली, निश्चल चन्द वालान र अविशकर जैशीलाई अनुबन्ध गरेको छ।
यस्तै सिद्धान्त राज शाही, रेगन रेग्मी, सलाउद्दिन खान, त्रभिश जैशी, सुभेन्दु पाण्डे, रोहन खत्री, मो. सुजात हुस्सीन, आदित्य सुनार, रोहित वास्तोला, रामनारायण चौधरी, संगम थारू, राजेश चौधरी, सम्यक थापा र सम्मान ज्ञवाली बीआईएसके च्यालेन्जर्स टिममा अनुबन्ध भएका छन् ।
दिव्या इलाभेन थ्रिडीले सरोज बस्नेत, रविश वर्मा, अनुल कडेल, देभान्श पौडेल, प्रवेज अली, नरेश कुमार शाही, हेमन्त आचार्य, निरज नेपाली, कमल विष्ट, सेजाद वागवान, केशव विष्ट, गौतम कनोजिया, अफ्रिदी मनिहार र समिर आचार्यलाई अनुबन्ध गरेको छ ।
त्यसैगरी टेक रावत, सर्भज्ञ रेग्मी, मो. सदाप अन्सारी, नवयुग बस्नेत, हर्क बहादुर बस्नेत, सोहित नेपाली, सुमितध्वज चन्द, मोहम्मुद अली मनिहार, सनम बुढा, दिनेश रावत, अभिशेक सिंह राठौर, सिद्धार्थ श्रेष्ठ, आशिम गिरी र अजय कुमार वैश्य बर्दिया कृष्णसार स्पोर्टस क्लबमा अनुबद्ध भएका छन् ।
अक्सनमा बाँकेका सलाहुद्दिन खानलाई सबैभन्दा बढी मूल्य लगाइएको छ । उनलाई बीआईएसके च्यालेन्जर्सले १६ हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।
राजापुर स्पोर्टस क्लबले सञ्चालन गर्न लागेको प्रिमियर लिग प्रतियोगिताको विजेतालाई नगद २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।