काठमाडौं : नयाँ पुस्ताका लोकप्रिय गीतकार भीष्मराज फुलाराले आफ्नो शब्द रचना रहेको गीत समावेश म्युजिक भिडियो ‘होलीको रंग’ ल्याएका छन् । हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व फागु पूर्णिमाको अवसर पारेर ल्याइएको म्युजिक भिडियो ‘फुलारा इन्टरटेनमेन्ट नेटवर्क च्यानल’मार्फत् सार्वजनिक गरिएको हो ।
प्रमोद डीजी, प्रेम परियार, सुजाता केसी र गीता पाण्डेको स्वरमा सजिएको गीतमा राजेन्द्र बजगाईको संगीत, संगीत संयोजन छ । म्युजिक किचन स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियो मिक्सिङ मास्टरिङ मनोज परियारले गरेका छन् भने निर्देशक विक्रान्त आचार्य हुन् । गीत तथा भिडियोमा वर्ष दिनमा एक पटक आउने होली राम्रोसँग मनाउने–रमाउने सन्देश दिइएको छ ।
यसअघि पनि गीतकार फुलाराको जूनसरी बिलाई गयौ आमा..., कस्तो भाइरस आयो..., आँसु पिउँदै..., भाग्यभित्र जीवन..., यो शहरको डेरामा..., कर्कलाको पानी..., आहा भो आहा भो..., पूरा भो सपना मेरो..., साईनो मिटाइ गई...(देउडा), न रयो घडेरी... (देउडा) लगायत बोलका सफल गीत आईसकेका छन् ।
उसो त फुलारा बहुविधाका धनी व्यक्तित्वका रूपमा परिचित छन् । ‘नफापेको मान्छे’ (२०६७), ‘टुहुरो कुण्डली’ (२०७३), ‘नेपाली भाषा र साहित्यः त्यहाँदेखि यहाँसम्म’ (२०७५), ‘ओरपान हरस्कोप’ (अंग्रेजीमा २०७६), ‘वासुदा’ (२०७८) जस्ता कृति पस्किसकेका उनी लिटरेचर फाउन्डेशन (अध्यक्ष), राष्ट्रिय साहित्य समाज नेपाल (महासचिव), पेन इन्टरनेशनल नेपाल प्याप्टर (सदस्य), नेपाल साँस्कृतिक संघ (केस), इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आईएनएनएफ, सचिव) आदि संस्थामा समेत आबद्ध छन् ।
र त फुलारा राष्ट्रिय एपिक व्यक्तित्व सम्मान–२०७५, राष्ट्रिय संगीत सम्मान–२०७७, विशेष राष्ट्रिय नागरिक सम्मान–२०७५, राष्ट्रिय शिखर सम्मान–२०७५, नेशनल पावर न्युज व्यक्तित्व सम्मान–२०७५, स्टारवन एक्सलेन्स अनर एन्ड अवार्ड–२०१९, राष्ट्रिय साहित्य एवं कला सम्मान–२०७६, राष्ट्रिय साहित्यिक सम्मान–२०७७, राष्ट्रिय संगीत सम्मान–२०७७, विशेष राष्ट्रिय साहित्य एवं कला सम्मान– २०७८, राष्ट्रिय मानार्थ अभिनन्दन–२०७८, शिखर व्यक्तित्व सम्मान–२०७८, मिलाप सम्मान–२०७८, जुरी सम्मान–२०२०, तेस्रो जिनियस म्युजिक अवार्ड–२०७८ सम्मान, नेशनल क्यापिटल अवार्ड–२०७८ जुरी सम्मान, विशेष नागरिक पुरस्कार–२०७९ आदिबाट सम्मानित÷पुरस्कृत भईसकेका छन् ।
यतिमात्रै होइन– उनले बोस्टर साहित्यिक अवार्ड–२०७५, सर्वोत्कृष्ट वृत्तचित्र लेखक अवार्ड–२०१९, नेशनल हिरो अवार्ड–२०१९, राष्ट्रिय शिखर अनर अवार्ड–२०७६, विशेष राष्ट्रिय नागरिक जुरी अवार्ड–२०७६, बोस्टर इन्टरटेनमेन्ट अवार्ड–२०७७, एएनपी नेशनल अवार्ड–२०२१ वेस्ट गीतकार जुरी, विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०७८, सगरमाथा म्युजिक अवार्ड–२०७८, राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०७९, दोस्रो नागरिक क्रियशन अवार्ड–२०८१ (जुरी), विशेष नागरिक सम्मान–२०८१ (जुरी) लगायत हात पारिसकेका छन् ।