२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप तीव्र

hardik ivf
मध्यान्ह
२०८१ चैत १ गते १९:१८
सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप तीव्र

सोलुखुम्बु : सोलुखुम्बुमा भाइरल संक्रमणको प्रकोप तीव्र भएको छ । पछिल्ला केही हप्तामा जिल्लाका विभिन्न स्थानहरूमा ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीहरूको संख्या अत्यधिक बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । यसले जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालमा सेवा प्रवाहमा कठिनाइ ल्याएको छ । अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अुसार १५ शैयाको क्षमताको अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गरिरहेका छन् ।

अस्पतालमा उपचार गरिरहेका अधिकांश बिरामी गम्भीर अवस्थाका छन् र ज्वरो, दम, निमोनिया तथा श्वासप्रश्वास समस्याले ग्रसित छन् । अस्पतालका डाक्टरहरूले ती बिरामीलाई अक्सिजन समेत दिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

जिल्लाको दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन् । बिरामीको चाप भने अत्यधिक छ । जसकारण उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको छ । अस्पताल प्रशासनले जनशक्ति र आवश्यक उपकरणको अभावको समस्या उल्लेख गर्दै स्वास्थ्य सेवामा सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वयको आवश्यकता रहेको बताएका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise