२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

मटिहानीमा प्रसूतिगृह निर्माण

hardik ivf
मध्यान्ह
२०८१ चैत १ गते १९:१४
मटिहानीमा प्रसूतिगृह निर्माण

महात्तरी : महोत्तरीको मटिहानी–६ मा पाँच शैयाको प्रसूतिगृह निर्माण भएको छ । ग्रामीण बस्ती मटिहानीमा प्रसूतिगृह निर्माणले यहाँ सहज स्वास्थ्य सेवा उपलब्ध हुने भरोसा जागेको छ ।

सुत्केरी गराउन टाढाका अस्पताल जानुपर्ने तथा आर्थिक अभावले अब उपचारबाट वञ्चित हुनु नपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब २ करोड रुपैयाँको लागतमा प्रसूतिगृह निर्माण गरिएको हो ।

प्रसूतिगृह निर्माणसम्पन्न भएसँगै अब चाँडै सेवा सञ्चालनको प्रबन्ध मिलाइने नगरप्रमुख मण्डलको भनाइ छ । प्रसूतिगृहबाट नगरपालिकाका ९ वटै वडा, बस्ती, छिमेकका अन्य बस्ती तथा सूतिगृहबाट नजिकै रहेको भारतीय बस्तीका गरिबले सेवा लिन पाउने उपप्रमुख मञ्जुदेवी साहले बताइन् । यसअघि जलेश्वर अस्पताल र जनकपुरका अस्पताल धाउनुपर्ने अवस्था थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise