काठमाडौं : आकर्षक बैदेशिक रोजगारीमा क्रोएसिया पठाउने आश्वासन दिएर नक्कली भिसाको आधारमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सप्तरी जिल्लाको डाक्नेश्वरीका मोहम्मद सहजाद आलम र सुकमान वाईवालाई पक्राउ गरेको जनाएको छ ।
स्थायी घर सप्तरी भए पनि उनीहरू काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका थिए । उनीहरुलाई प्रहरीले बानेश्वर र कपनबाट पक्राउ गरेको महाशाखाले बताएको छ । आलम र वाईवाले क्रोएसिया पठाइदिने भन्दै ९ जना व्यक्तिबाट तीन लाख सात हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसान्धनबाट देखिएको प्रहरीले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies