
काठमाडौं : आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् । आइएमई डिजिटल सोलुसन र खल्ती गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोबार सञ्चालन गरिरहेको आइएमई खल्तीले सिइओका रूपमा प्रवीण रेग्मीलाई नियुक्त गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिको ११औं बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि सोमबारदेखि लागू हुनेगरी नियुक्त गरेको हो । यसअघि आइएमई डिजिटल सोलुसनको सिइओका जिम्मेवारीमा काम गरेका रेग्मी मर्जरपश्चात् आइएमई खल्तीको सञ्चालक समिति सदस्यका रूपमा थिए ।
रेग्मीसँग फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढी समय काम गरेको अनुभव छ । बढदै गएको डिजिटल कारोबार र क्यासलेसतर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ ।