२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

फतुवा विजयपुरको प्रशासनिक कामकाज ठप्प, अध्यक्षहरुले प्रजिअलाई बुझाए ज्ञापन पत्र

shivam cement
कृष्ण तिवारी
२०८२ मंसिर १ गते २०:३४
Shares
फतुवा विजयपुरको प्रशासनिक कामकाज ठप्प, अध्यक्षहरुले प्रजिअलाई बुझाए ज्ञापन पत्र

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाका ११ वटै वडा अध्यक्षहरूले सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाको प्रशासनिक कामकाज ठप्प भएपछि समस्या समाधानका लागि पहल गर्न माग गर्दै उनीहरूले प्रजिअ भुसाललाई ज्ञापन बुझाएका हुन् । 

वडा नम्बर २ का अध्यक्ष अनुरुद्द प्रसाद यादवका अनुसार कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र उनका श्रीमानको कारण नगरपालिकाका सबै वडा कार्यालयहरूमा तालाबन्दी हुन पुगेको छ, जसले दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ । यसै कारण कार्यालय पुनः सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको उनले बताए ।

वडाध्यक्षहरूले कार्यवाहक नगरप्रमुख खातुनले आफ्नो श्रीमानको प्रभावमा परेर प्रमुख प्रशासकीय अधिकृतको फेरबदलमा चासो देखाएको आरोप लगाएका छन् । सीएओ भरत यादवले कानुन विपरीतका गतिविधि मान्न अस्वीकार गरेपछि उनीमाथि दबाब सिर्जना गर्न उनको बिनिमय (सरुवा) गराइएको दाबी उनीहरूको छ ।

वडा नम्बर १ का अध्यक्ष विजयकुमार यादवका अनुसार वडा नम्बर २ मा पहिले निर्माण भइसकेको कालोपत्रे सडकमा पुनः ५० लाख रुपैयाँको माटो पुरी ग्राभेल गरेको देखाइ नक्कली बिल बनाएर भुक्तानी गर्न दवाब दिइएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत भरत यादवले त्यो मान्न अस्वीकार गरेपछि उनलाई सरुवा गराएर नयाँ प्रमुख प्रशासकीय अधिकृतमदन थापालाई ल्याइएपछि विवाद झनै बढेको उनले बताए ।

त्यस्तै, नगरपालिकामा कार्यरत ८२ जना करार कर्मचारीको तलब कार्यपालिका निर्णय अनुसार दिनुपर्ने हुँदा पनि कार्यवाहक नगरप्रमुख खातुनले आफ्नो श्रीमान् शेख सेराजका कारण तलब रोकिराखेको वडाध्यक्षहरूको आरोप छ । तलब रोकिँदा कर्मचारी आन्दोलित बनेका र उनीहरूले कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण सेवा प्रवाह प्रभावित बनेको वडाध्यक्षहरूले बताएका छन् । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले कार्यालय सञ्चालन सहज बनाउनेतर्फ आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

ADV

सम्बन्धित खबर