२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

रौतहटमा अपराध नियन्त्रणमा प्रहरी अहोरात्र खटिने

shivam cement
कृष्ण तिवारी
२०८२ मंसिर १ गते २०:३७
Shares
रौतहटमा अपराध नियन्त्रणमा प्रहरी अहोरात्र खटिने

रौतहट : रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रवीन कार्कीले जिल्लामा हुने विभिन्न प्रकारका अपराधको नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिने बताएका छन् । एक महिनाको अवधिमा जिल्लामा भएका प्रमुख कार्यहरू र भविष्यका योजनासमेत सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

उनका अनुसार फैसला कार्यान्वयनको क्रममा पक्राउ परेका १० जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएर ४ लाख २४ हजार ६ सय रुपैयाँ राजस्व असुल गरिएको छ । जेन–जी आन्दोलनका क्रममा फरार ९ जना कैदीलाई पनि पक्राउ गरिएको र अन्य १४ जना प्रतिवादीसहित ३३ जनालाई नियन्त्रणमा लिइएको छ ।

लागुऔषध ओसारपसार तथा सेवन गर्ने १७ जनालाई पक्राउ गरी कारवाही गरिएको जानकारी दिँदै उनले सीमापारी भारतबाट भन्सार छलेर भित्रिएका ३८ लाख २० हजार ३०२ रुपैयाँ मूल्य बराबरको सामानसहित पाँच जना र पाँच सवारी साधन भन्सार कार्यालयमा बुझाइएको बताए ।

जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्युनिकरण गर्न प्रत्येक पालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र आवश्यक कागजातबिना सवारी चलाउन नदिने नीति अवलम्बन गरिएको पनि उनले जानकारी दिए । एसपी कार्कीले आगामी दिनमा लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा अन्य अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पत्रकारहरूले नेपालमा साना अपराध, राजस्व छली, अवैध मदिरा तथा पशुचौपायासम्बन्धी घटनाहरूको नियन्त्रणबारे प्रश्न उठाएका थिए । एसपी कार्कीले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी इमान्दारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेमा यी अपराधहरूमा अंकुश लगाउन सकिन्छ ।’

कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय रौतहटका नयाँ सूचना अधिकारी डिएसपी विष्णु प्रदिप बस्यालले गरेका थिए ।

ADV

सम्बन्धित खबर