२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

सफ्टी हाइजिनलाई उत्कृष्ट करदाता सम्मान

shivam cement
२०८२ मंसिर १ गते २१:०५
Shares
सफ्टी हाइजिनलाई उत्कृष्ट करदाता सम्मान

मकवानपुर : आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/८१ को आयकरतर्फ उत्कृष्ट करदातामा सफ्टी हाइजिन प्रालिलाई सम्मान गरेको छ । १४औं राष्ट्रिय कर दिवसको अवसरमा सफ्टी हाइजिन सम्मानित भएको हो । 

सोमबार आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीको सभापतित्व र प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको सभापतित्वमा कर दिवस कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले कर तिर्नु भनेको कानुनी दायित्व मात्र नभई समग्र राष्ट्रको विकासमा योगदान भएको बताए । 

उनले इमानदारीपूर्वक कर तिर्ने र कर तिर्न आनाकानी गर्ने सबैलाई राज्यले एउटै बास्केटमा हालेर व्यवहार गर्दा खल्लो लागेको र आगामी दिनमा समग्र कर प्रशासन सुधार गर्न करदातालाई सम्मानजनक व्यवहारको खाँचो रहेको बताए । सरकारले करदाताबीच कसले बढी कर तिर्ने भन्ने प्रतिस्पर्धात्मक वातावरण बनाउन सके समग्र राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउन सक्ने उनको भनाइ थियो ।

सफ्टीका सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, बेबी वाइप्सजस्ता उत्पादन कम्पनीले विगत १० वर्षदेखि उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । आगामी दिनमा गुणस्तरमा अझै सुधार गर्दै उपभोक्तामैत्री उत्पादनमा ध्यान दिई उपभोक्ताहरूको मनमनमा बस्ने कोसिस गर्ने कम्पनी निर्देशक विजय पोखरेलले बताए ।

ADV

सम्बन्धित खबर