काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसहित चार जना मन्त्रीलाई सांसद पदबाट हटाएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको नेकपाको नामको विवाद सम्बन्धी फैसला अनुसार पूर्ववत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र स्थापना भएपछि उनी मन्त्री चौधरी सत्तारुढ नेकपा एमालेमा लागेपछि कारबाही गरेको माओवादी केन्द्रले जनाएको छ ।
मन्त्री चौधरीसँगै माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साहले पनि माओवादी केन्द्र परित्याग गरेको जनाउ दिएर सांसदबाट पद मुक्त गर्न पत्राचार गरेको छ ।
दलत्याग सम्बन्धी ऐनको दफा ३१ अनुसार दल त्याग गरेको संघीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यकोे दल त्यागेको मितिदेखि स्वतः पद रिक्त भएको मानिने व्यवस्था छ । वर्तमान संविधान अनुसार सांसद नरहेको व्यक्ति मन्त्री बन्न नपाउने व्यवस्था छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies