कमला भट्टराई/मध्यान्ह
झापा : झापाको बुद्धशान्ती गाउँपालिका ४ देवीबस्ती बस्ने ज्योति विमलीको बाख्रा फर्ममा आगलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् ।
गएराति आगोले विमलीको इटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फार्म, फार्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराबरको क्षति भएको छ ।
आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा आइतबार बिहान नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies