२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते १६:५२
तुइन खोलाको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । 

विभागका प्रवक्ता प्रभातकुमार झाले पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट सडकखण्ड एकतर्फी रुपमा सञ्चालन आएको जानकारी दिए । सडक विभागले तुइन खोलामा खसेको पहिरो हटाएको हो । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ४० घण्टाभन्दा बढी समयदेखि मुग्लिन–नारायणघाट सडकखण्डमा हजारौं यात्रु अलपत्र परेका थिए । 

विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) लगायतका राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छन् । एक सय ६८ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा आएका विभागले जनाएको छ । 

ADV

सम्बन्धित खबर

Advertise