२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

एनआरएनए मलेसियाद्वारा नेपालको पुनर्निर्माण कोषमा सहयोगको घोषणा

shivam cement
तिलोचन गौतम
२०८२ असोज ५ गते १८:३२
एनआरएनए मलेसियाद्वारा नेपालको पुनर्निर्माण कोषमा सहयोगको घोषणा

क्वालालम्पुर, मलेसिया : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, मलेसियाले नेपालमा हालै जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणका लागि नेपाल सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले मातृभूमिप्रति सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोग संकलन गरी छिट्टै नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिए । मध्यान्ह दैनिकसँगको कुराकानीमा उनले गत आइतबार बसेको संघको मासिक भेलामा सहिदहरूप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बताए ।

अध्यक्ष महतोले भने, “मातृभूमिमा संकट परेको बेला साथ दिनु हाम्रो कर्तव्य हो । हामीले पुनर्निर्माण कोषमा सहयोग गर्ने निर्णय गरेका छौं ।”

एनआरएनए मलेसियाले मलेसियामा रहेका अन्य नेपाली संघसंस्थाहरूलाई पनि यो संकटको समयमा पुनर्निर्माण कार्यमा सहयोग गर्न अनुरोध गरेको छ ।

एनआरएनए मलेसियाको यो पहलले नेपालको पुनर्निर्माण कार्यमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise