२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते १८:४३
नेपालका चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

काठमाडौं : नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । 

स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हुँदैछ । प्रवेशाज्ञाका कारण पूरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।

कुलुङ एसिया वरियताका एक नम्बर खेलाडी हुन् भने महिलातर्फ नेपाल नम्बर एक खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरकी खेलाडी हुन् । चारै जना खेलाडीले सिंगल लामो दूरीको ट्रेल रनमा प्रतिस्पर्धा गर्नेछन् ।

टोली व्यवस्थापक प्रिती खत्रीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाडी छनोट गरिएको बताइन् । जहाँ पुरुष खेलाडीका लागि योग्यता हासिल गर्न ८६० भन्दा बढी आइटीआरए स्कोर आवश्यक थियो । 

जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन् । खत्रीले भनिन्, “हाम्रा खेलाडीले असाधारण प्रदर्शन र विश्वस्तरीय ¥याङकिङका आधारमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।” 

ADV

सम्बन्धित खबर

Advertise