२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

भैरहवाका यादवले जिते यामाहाको दसैं लक्की ड्र

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते २०:५०
भैरहवाका यादवले जिते यामाहाको दसैं लक्की ड्र

काठमाडौं : यामाहा नेपालले ल्याएको दसैं–तिहार विशेष अफर ‘राइड द ब्लु विथ रोडिज’अन्तर्गत पहिलो विक्ली लक्की ड्रको विजेता भैरहवाका विनोद यादव भएका छन् । शनिबार काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लु फेस्ट कार्यक्रममा यादव विजय घोषित भएका हुन् । उनले नयाँ यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

विजेताको नाम नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले सार्वजनिक गरेका थिए । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दीपककुमार अग्रवालले विजेता यादवलाई हार्दिक बधाई दिँदै यामाहा सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई प्राथमिकता दिने ब्रान्ड भएको उल्लेख गरेका थिए ।

‘यामाहा राइड द ब्लु विथ रोडिज’ अभियानअन्तर्गत ग्राहकहरूले बाइक खरिद अघि अधिकतम १ लाखसम्म, खरिदपछि १० लाखसम्म नगद उपहार जित्ने अवसर पाउनेछन् । साथै, हरेक सातामा एक जना भाग्यमानी विजेताले नयाँ यामाहा बाइक जित्ने मौका पाउने व्यवस्था छ । यसबाहेक फ्री हेलमेट, चारवटा निःशुल्क एडिसनल सर्भिस कुपन, स्पेयर पाट्र्स र ल्युब्रिकेन्टमा ५५ प्रतिशतसम्म छुट, स्पट एक्सचेन्ज सुविधा, इजी फाइनान्स र छानिएका मोडलमा शून्य प्रतिशत ब्याजसहित इएमआई सुविधा पनि उपलब्ध छन् ।

ADV

सम्बन्धित खबर

Advertise