२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

प्रवासी नेपालीलाई निर्वाचनमा सहभागी गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते २०:४६
प्रवासी नेपालीलाई निर्वाचनमा सहभागी गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबाटै विदेशमा रहेका नेपालीहरूलाई आफू रहेकै देशबाट मतदानमा सहभागी हुने व्यवस्था मिलाइने बताएकी छन् । आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले यसबारे जानकारी दिएकी हुन् ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदानको अवसर प्रदान गर्न कानुन संशोधन गर्ने गृहमन्त्री ओमप्रकाश अर्यालले यसअघि नै बताइसकेका छन् । कानुनमन्त्री समेत रहेका उनका अनुसार सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयनमा ल्याउन अध्यादेशमार्फत कानुन संशोधनको प्रक्रिया अगाडि बढाइनेछ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउनुपर्नेमा उनले जोड दिएका छन्  । सर्वोच्च अदालतले २०७४ सालमा विदेशमा रहेका नेपालीलाई मताधिकारको अवसर दिलाउन आदेश दिएको थियो । मन्त्री अर्यालले मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा समेत राजदूतावासमार्फत प्रविधि प्रयोग गरेर मतदानको व्यवस्था गर्न सकिने उल्लेख गरेका छन् ।

युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउन र उनीहरूलाई निर्वाचनमा मतदान गर्ने अवसरबाट वञ्चित नगर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

ADV

सम्बन्धित खबर

Advertise