काठमाडौं : पर्वतमा श्रीमान-श्रीमती मृत फेला परेका छन् । जलजला गाउँपालिका वडा नम्बर २ स्थित एक घरमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
६९ वर्षीय सूर्यबहादुर घर्ती र उनकी श्रीमती ६७ वर्षीया गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् ।
उनीहरूको हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं- कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।
महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए । ‘हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ’, उनले भने, ‘यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।
सिमकोट- रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ । प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार गाउँपालिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको बताए । गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र उपाध्यक्ष सुशीला रोकाय भाम सहसंयोजक रहने गरी नौ सदस्यीय रोजगार संवाद मञ्च गठन गरिएको उनले जानकारी दिए ।
समितिमा उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ, गैरसरकारी संस्था, नागरिक समाज, प्रशासकीय अधिकृतलाई सदस्य तोकिएको छ भने रोजगार संयोजकलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ । प्रशासकीय अधिकृत आलेले हाल सञ्चालनमा रहेको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन र गाउँपालिकाले अन्य सरोकारवालाको समन्वय र सहकार्यमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताए । हाल प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले दैनिक ज्यालालाई मात्र प्राथमिकता दिएकामा अब भने आयआर्जनका क्षेत्रमा लगानी गर्ने उनले बताए ।
उनले सधैँ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमप्रति निर्भर नरहेर गाउँपालिकाले आफ्नै लगानीबाट आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।
सिमकोट- हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
जिल्लामा एक सय सात खोप केन्द्र तोकिए पनि एक सय ६ खोप केन्द्रबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । ती खोप केन्द्रमा पाँच हजार एक सय आठ बालबालिकाले खोप लगाएका उनले बताए ।
हुम्लामा नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ६ हजार दुई सय १२ रहेको छ । बालिकाको सङ्ख्या दुई हजार चार सय ७७ तथा बालकको सङ्ख्या दुई हजार पाँच सय २३ रहेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी र सर्केगाडका केही बालबालिका खोप लगाउनबाट छुटेका भए पनि लक्ष्यअनुसार खोप लगाएको प्रमुख सिंहले बताए ।
जिल्लाका १८ प्रतिशत बालबालिका दादुरा–रुबेलाविरुद्धको खोप लगाउनबाट वञ्चित छन् । जिल्लाको लिमीका ५४ बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोपका साथै अन्य नियमित खोपसमेत लगाउन पाएका छैनन् ।
काठमाडौं - होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो । होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीत विना हाम्रा पर्व अधुरा छन् ।
‘होलीले रङ्ग्यायो मेरो चोली’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा नछुट्ने गीतमा पर्छ । होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युवमा यो गीत बज्न सुरु भइहाल्छ । राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहलगायतका कलाकारको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ । ‘इन्द्रेणी रङ लिइ आयो होली, फागुन महिनामा खेलौं होली...सरसरसर होली हो...’ शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको यस गीतमा उदितनारायण झा र दीपा नारायण झाले स्वर दिएका छन् । गीतले होलीको महत्व अझ बढाएको छ ।
चलचित्र ‘वसन्तीमा समावेश ‘रातो रातो पहेँलो...’, होस वा चलचित्र ‘सीता’ मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै लोकप्रिय छन् । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रुपमा लिएका छन् । उहाँले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी भएको उनको बुझाइ छ । ‘पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसङ्गसहित आएका थिएँ । त्यहि भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले तुलनात्मकरुपमा बढी प्रचार पाउछन, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ’, सङगीतकार पोखरेलले भने ।
सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउछन् । नयाँ गीत आइरहेता पनि उनलाई स्मरण छैन । ‘म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ । पुराना केही गीत जनजिब्रोमै छन्’, गायक गिरीले भने । यद्यपि पछिल्लोको होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन् । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।
यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिने गरेका छन् ।
मनु यादव निरज/मध्यान्ह
सिरहा : सिरहाको लहानबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । लहान गोलचोकबाट मुकेशकुमार शाहको साथबाट १० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहबाट थप अनुसन्धान भइ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।
कमल कुमाल/मध्यान्ह
कालिकोट : बाख्रा चराउन वनमा गएका बेला आगलागी हुँदा जलेर घाइते नन्दलाल चौलागाईंको उपचारको क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका वडा नं ५ गाम्दीमा पर्ने नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा वर्ष ५० का चौलागाईं र उनकी छोरी ११ वर्षीय हेमन्ती चोलागाईं भाग्दा भाग्दै जलेर घाइते भएका थिए । उनकी छोरी हेमन्तीको उपचारको क्रममा यसअघि नै मृत्यु भइसकेको थियो ।
गम्भीर घाइते भएका ५० वर्षीय चौलागाईं भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लगेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्याइएको थियो ।
आबिद हुसेन/मध्यान्ह
बारा- बाराबाट प्रहरीले तस्करीको आशंकामा झण्डै दुई करोड रुपैयाँ मुल्यको सूर्तीसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको दुईवटा ट्रकबाट प्रहरीले तस्करीको आशंकामा १ करोड ९७ लाख ३६ हजार ३ सय ७६ रुपैयाँ मुल्य बराबरको सूती बरामद गरेको हो ।प्रहरीले उक्त सुर्ती लोड गरिएको दुवै ट्रकपनि नियन्त्रणमा लिएको छ ।
बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार , आइतबार वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेका ना ६ ख ७६७ र ना ८ ख ९४ नम्बरको ट्रक प्रहरी चौकी पथलैयाबाट खटिएकोे प्रहरी टोलीले पथलैयामा रोकेर चेकजाँच गरेकोे थियो । त्यसक्रममा ना ६ ख ७६७ नम्बरको ट्रकबाट १ करोड ३३ लाख ९९ हजार ८४८ रुपैयाँ मुल्यको ३ सय ५६ बोरा र ना ८ ख ९४ नम्बरको ट्रकबाट ६३ लाख ३६ हजार ५२८ रुपैयाँ मुल्यको ३२० बोरा सुर्ती बरामद भएको न्यौपानले जानकारी दिए । ट्रकमा लोड रहेको सुर्तीको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
सुर्तीसहित नियन्त्रणमा लिइएका दुवै ट्रक आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिए ।
काठमाडौं - माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि नेपाली काँग्रेसले सरकारलाई धन्यवाद दिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबारको प्रतिनिधिसभा बैठक बोल्दै महामन्त्री महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।
‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठायो । सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन ।’ उनले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’
सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए ।
कैलाली - आगलागीका कारण बन्द भएको कर्णालीको पुुल खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल सोमबार बिहानदेखि खुलेको हो ।
नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले यातायातका साधन सञ्चालनको अनुमति दिइएको बताए ।
गत सोमबार पुलमा आगो लागेको थियो । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies