संसदीय लोकतन्त्रमा प्रमुख विपक्षी दलको भूमिको महत्वपूर्ण हुन्छ । प्रमुख विपक्षी दललाई ‘वेटिङ गभर्मेन्ट’ पनि भनिन्छ । सत्ताको प्रत्यक्ष सम्बन्ध जनतासँग हुने र जनताको आकांक्षा परिपूर्ति गर्न सरकारले असहज यात्रा हिड्नुपर्ने भएकाले पनि प्रमुख विपक्षी स्वतः ‘वेटिङ गभर्मेन्ट’ भनिएको हो । सत्ताको नेतृत्व गर्ने प्रशंग बाहेक पनि संसदीय लोकतन्त्रमा प्रमुख विपक्षीको महत्वपूर्ण भूमिका हुने गर्छ । किनभने, सत्ताले कतै न कतै कमजोरी गर्न पुग्छ । त्यसबेला जनताको आवाज संसद् र सडकबाट मुखरित गर्ने सामथ्र्य प्रमुख विपक्षीकै बढी हुन्छ । किनभने, सत्ता पक्षको दल आफैंमा सरकार निर्माता हुने भएकाले ऊ सडकमा ओर्लन सक्दैन । संसदीय लोकतन्त्रको यही मान्यताकै आधारमा प्रमुख विपक्षी दलका नेताको राज्य सञ्चालन प्रक्रियामा महत्वपूर्ण भूमिका हुने गर्छ ।
तर, बिडम्बना ! नेपालको राजनीतिमा प्रमुख विपक्षी दल भनेको सरकारको दाबेदार मात्रै सावित हुने ग¥यो । २००७ सालको क्रान्ति पछि नै यस्तो थिति र मनोविज्ञानको निर्माण भयो । प्रमुख दलको सरकार कसरी असफल बनाउनेतिर बढी ध्यान जाने, तर जनताको आवाज कसरी मुखरित गर्ने भन्नेतिर कमै ध्यान गयो । अझ, मुलुकको सार्वभौमता, राष्ट्रियता र संविधान जोगाउनेतिर ध्यान जाँदै गएन । गएपनि सत्तारोहणको उद्देश्यले मात्रै विरोध जनाउने काम भयो । त्यही गलत प्रवृत्ति र मनोविज्ञानका कारण पटकपटक मुलुकमा ‘कू’ हुन पुग्यो । सत्तरी वर्षसम्म व्यवस्था परिवर्तनकै लडाइमा दलहरु रुमलिए ।
२०७२ को संविधान र २०७४ को निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्वको जग निर्माण गरेको थियो । वाम एकताले गरेको त्यो सुनिश्चितताले धेरै आशा जगाएको पनि थियो । तर, सत्तारुढ नेकपाले ऐतिहासिक कार्यभार बोक्न सकेन । दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरिएको छ । मुलुक पुनः संवैधानिक र राजनैतिक संकट तर्फ धकेलिएको छ । यस्तो बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने थियो । किनभने, वर्तमान संविधान जोगिए मात्रै मुलुकले अग्रगमण र स्थायित्वको बाटो समात्नेछ । तर, अर्को बिडम्बना ! प्रमुख विपक्षी दल कांग्रेस फेरि पनि अलमलमै देखिएको छ । नेताहरुबीच मतैक्यता जुट्न नसक्दा बारम्बार बैठक त बसिरहेको छ । तर, कथनी र करणीमा तालमेल मिलिरहेको छैन । मुलुककै जेठो संगठनभित्र देखिएको यो अलमलले मुलुकको राजनीतिक कोर्समा समेत रुमलिन पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies