आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल असोज ७ गते आइतबार छापिएको कार्टुन ।
चितवनः चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आइरहेकी छिन् ।
विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विक शुरुवाती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएका थिए । सो काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनले निउरो बिक्री गर्न थालेकी हुन् । ‘दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ’, उनी भन्छिन् ।
दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । ‘घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ’, उनले भनिन्, ‘दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजह रुपमा चलेको छ ।’ ५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फकिइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । ‘अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु’, उनले भनिन् ।
मासिक तीन सयको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, ‘ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।’ एक सयको निउरो किन्दा रु. १० सम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ ।
रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकिन्। उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन् ।
‘अहिले उमेर ढल्किँदै गयो । अरु काम गर्न सकिदैन् । दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु’, उनले भनिन्, ‘सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।’ आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो ।
उनले गुनासो पोखिन्, ‘चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग रु. १० मा चित्त नबुझे फालेर हिँड्छन् ।’ सरदरमा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन् ।
भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आइरहेका छन् । विगत छ महिनाअघि देखि यो पेसामा लाग्नुभएका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए । उनले भने, ‘काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्यो ।’
पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए । उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो । रासस
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल भदौ २४ गते आइतबार छापिएको कार्टुन ।
बागलुङः अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती बङ्गुर मर्दा दुई करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । उनीहरुलाई पुनः बङ्गुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा रु. १६ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले खाली रहेको बङ्गुरका खोरमा पुनः बङ्गुर पाल्नका लागि बङ्गुरका पाठा प्रदान गर्ने र बङ्गुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम शर्माले जानकारी दिए ।
केन्द्रको तथ्याङ्क अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको एक सय २२ बङ्गुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट चार सय बङ्गुर मरे पनि एक सय २२ बङ्गुरको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ ।
‘जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियो, बागलुङ बजार क्षेत्रमा धेरै बङ्गुरपालन किसान छन्, उनीहरुको खोर रित्तै हुने गरी बङ्गुर मरे, बङ्गुरपालन किसानले करोडौँको क्षति बेहोर्नुपर्यो, सबै क्षतिको राहत दिन त सकिँदैन, कम्तीमा पुनः बङ्गुरपालनमा फर्काउनका लागि बङ्गुरका पाठा दिने कार्यक्रम छ’, पशु चिकित्सक सापकोटाले भने, ‘बङ्गुरपालन किसान पलायन हुनसक्ने जनाउँदै उहाँहरुलाई पुनःस्थापनका लागि बङ्गुरमै बजेट व्यवस्थापन गरेका हौँ, अहिले पशुको अधिकांश बजेट भौतिक संरचनाभन्दा पशुमै बढी केन्द्रित छौँ, अहिले बङ्गुरका पूर्वाधार खाली छ, त्यही पूर्वाधारमा बङ्गुरका पाठा हुर्काउन सके किसान पुनः व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो ।’
बङ्गुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताए । उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बङ्गुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए । ‘किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक–पटक ध्यानाकर्षण गरेका थियौँ’, पुनले भने, ‘राहत र अनुदानका लागि आश्वासनसमेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो ।’
बङ्गुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बङ्गुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बङ्गुरपालन किसान निरास भएका थिए । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि चार करोड बजेट विनियोजन गरेको छ । चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बङ्गुरको मासुको उत्पादनमा कमी आएको बताए ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न रु. १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न रु. २४ लाख, कृतिम गर्भाधान गर्न रु. २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन रु २० लाख बजेट विनियोजन गरेको छ । रासस
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल भदौ १० गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल भदौ ३ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल साउन २८ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल साउन २१ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल साउन १४ गते आइतबार छापिएको कार्टुन ।
आइतबारको कार्टुन
मध्यान्ह राष्ट्रिय दैनिकमा २०८० साल साउन ७ गते आइतबार छापिएको कार्टुन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies