२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

नेता, कार्यकर्तालाई ओलीको सन्देश- ‘मेरो विकल्प छैन’

hardik ivf
जानकी पाठक
२०८१ पुष १ गते ०६:४०
नेता, कार्यकर्तालाई ओलीको सन्देश- ‘मेरो विकल्प छैन’

काठमाडौं : नेकपा एमालेले शनिबार र आइतबार काठमाडौं कार्यशालाको आयोजना गर्‍यो । कार्यशालाको उद्देश्य हो– स्थानीय तहसम्म पार्टीलाई प्रभावकारी बनाउने । तर, कार्यशालामा उद्देश्यभन्दा ज्यादा पार्टीभित्रको अन्तरसंघर्ष हावी हुन पुगेको नेताहरू बताउँछन् । 

पार्टीको भावी नेतृत्वलाई लिएर एमालेभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सांगठनिक पकडको प्रयासमा छन् । दुवैलाई मिलाएर पार्टीमा हाबी भइरहने नीति अध्यक्ष केपी शर्मा ओलीको छ । यहीबीचमा पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताले ओली सशंकित भएका उनको अभिव्यक्तिले देखाएको नेताहरू बताउँछन् । 

कार्यशालामा महासचिव पोखरेलले पार्टीले पारित गरेको वार्षिक कार्ययोजनाका विषयमा अभिमुखीकरण गरेका थिए । त्यसक्रममा पोखरेलले पार्टीको जनमत खस्केको तथ्य स्वीकार गर्नुपर्ने र आगामी रणनीति तय गर्नुपर्नमा जोड दिए । 

पार्टी जीवनमा समस्या देखिएको औंल्याउँदै उनले भनेका छन्, ‘अहिले पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुन्छ ।’ 

हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको ब्याख्या गर्दै महासचिव पोखरेलले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । उनको यो अभिव्यक्तिलाई एमालेभित्रको अन्तरसंघर्षका रूपमा कतिपयले चर्चा गरे ।

एमालेभित्रको अन्तरसंघर्षको चर्चाबारे आइतबार अध्यक्ष ओलीले प्रस्ट्याउने कोसिस गरे । पार्टीमा कुनै गुट नरहेको दाबी गरे । 

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’ राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै ओलीले पार्टीमा ओली गुट, शंकर गुट, ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट भनेर भइरहेका हल्ला गलत भएका बताए । उनले पार्टीमा कुनै पनि गुट नभएको दाबी गरे । 

‘पार्टीमा ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट र शंकर पोखरेल गुट भनेर विभिन्न हल्ला आइरहेका छन् । हामीमाझ कुनै पनि गुट छैनन्’, अध्यक्ष ओलीले भनेका छन् । 

ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव आफैंले बनाएको भन्दै उनले हल्लाका पछि नलाग्न नेता÷कार्यकर्तालाई आग्रह गरे । ओलीले भनेका छन्, ‘उहाँहरूलाई मैले नै पदाधिकारी बनाएको हो ।’ 

अर्थात अध्यक्ष ओलीले पार्टीमा आफूले जिम्मेवारी दिएको भनेर आफूलाई पावरमा रहेको सन्देश दिएका छन् । फेरि पनि पार्टीमा आफ्नो विकल्प नरहेका उनको प्रष्ट आग्रह छ । 

यही सन्देश दिने क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी जिम्मेवारीमा फर्किने विषय पनि बाहिर हल्ला भएको जस्तो नरहेको बताए । 

‘पूर्वराष्ट्रपति भण्डारीका विषयमा पनि विभिन्न चर्चा, परिचर्चा सुन्ने गरेको छु’, ओलीले भनेका छन्, ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो । अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ ।’ 

पार्टीभित्रको अन्तरसंघर्ष र विद्या भण्डारीको पार्टी जिम्मेवारीमा फर्किने विषयलाई पन्छाउन ओलीले एमाले फुटाउने प्रपञ्च भइरहेको र त्यसमा सचेत रहनुपर्ने विषय राखेका छन् । 

एमाले फुटाउन विभिन्न प्रपञ्च भइरहेका उल्लेख गर्दै उनले सचेत हुन आग्रह गर्दै उनले भनेका छन्, ‘जति हल्ला ग¥यो, एमाले उति एक ढिक्का भएर अगाडि बढ्छ ।’ 

जनतासँग जोडिन अभियान चलाउने 

एमालेले आगामी माघदेखि चैतसम्म ३ महिने वडा केन्द्रित अभियान संचालन गर्ने भएको छ । 

संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार २ दिने कार्यशालापछि पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न वडा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालिएको हो । 

एमालेको केन्द्रीय संगठन विभागले काठमाडौंमा गरेको २ दिने कार्यशालाले ६ बुँदे घोषणापत्र जारी गरेको छ । यसमार्फत आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ संचालन गर्ने संकल्प गरिएको छ ।

‘जनतासँग जनसंगठन अभियान’ संचालन गर्दै उनीहरूका चासो केन्द्रिकृत गर्ने र पार्टीलाई बलियो बनाउन भूमिका खेल्ने निर्णयमा पुगिएको एमालेका नेताहरू बताउँछन् । 

गत आमनिर्वाचनमा पपुलर मत पाए तापनि स्थानीय तहको उपनिर्वाचनपछि पार्टीको जनमत केही खस्केको निष्कर्षमा एमालेका नेता÷कार्यकर्ताहरू छन् । जनमत बढाउन जनतासँग जोडिने कार्यक्रम लिएर लिएर अभियान चलाउने उनीहरूको तयारी छ । 

कार्यशालामा महासचिव पोखरेलले नै जनमत खस्केको तथ्य स्वीकार गर्नुपर्ने र आगामी रणनीति तय गर्नुपर्नमा जोड दिएका छन् । 

हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको ब्याख्या गर्दै महासचिव पोखरेलले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको भन्दै जनमत बढाउन पार्टीले जनतासँग जोडिने कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । 

महासचिव पोखरेलले ‘मिसन– २०८४’ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट नभएको भन्दै यसअनुसार अगाडि बढ्न नेता÷कार्यकर्तालाई निर्देशन दिएका छन् ।

ADVenergy

सम्बन्धित खबर

Advertise