२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते १७:१८
अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ

बाराः बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी बजारबाट अवैध लागुऔषध गाँजा करिब ९ किलो २ सय ४१ ग्रामसहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्सा बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममता देवी मुखिया रहेका छन् । 

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले रम्भा देवीलाई ३ किलो १ सय ४१ ग्राम, जोगिन्द्रलाई २ किलो ६ सय ४३ ग्राम र ममता देवीलाई ३ किलो ४ सय ५७ ग्राम गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise