काठमाडौंः पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको छ ।
चितवनको साहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानको बहस न्यायाधीश दयाराम ढकालको इजलासमा परेको थियो । उनलाई बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन आदेश दिइ हिरासतमा पठाइएको हाे ।
मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दायर भएको थियो । जसमा रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको
लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताएका थिए ।