२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्द

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते १६:४८
नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु, आफन्तद्वारा सडक अवरुद्द

काठमाडौंः नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएको हो ।

जीवन दुर्घटनामा घाइते भएको र अस्पताल पुर्‍याएपछि निधन भएको प्रहरीले जनाएको छ । योसँगै मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ ।

मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुंगामा जोतिन पुगेको थियो । बसमा सवार १८ जना र मोटरसाइकलमा सवार १ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise