२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ २२ गते १२:३२
सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

काठमाडौंः अवैध सुनसहित एक जना महिला पक्राउ परेकी छन् ।

अवैध रुपमा लुकाइ छिपाइ भन्सार छली गरी लैजान लागेको सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुनसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

थाईएयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise