२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

अवैध लागुऔषधसहित २ जना पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ माघ २२ गते १५:०१
अवैध लागुऔषधसहित २ जना पक्राउ

चितवनः भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७ सय ६५ ट्याब्लेट, भोमिन ७ सय ९५ ट्याब्लेट र नगद र ८ हजार ४ सय रूपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–४ रामघाट बस्ने गोरखा शहिद लखन गाउँपालिका–१ घर भएका २४ वर्षीय विवेक आले मगर र सोही महानगरपालिका–३ बस्ने १९ वर्षीय प्रशान्त गुरूङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा विवेकको कोठाबाट ट्रामाडोल १ हजार ७ सय २० ट्याब्लेट, भोमिन १ हजार ७ सय ३५ ट्याब्लेट र  प्रोमेथ १२ ट्याब्लेट समेत फेला पारी बरामद गरेको छ । 

ADVenergy

सम्बन्धित खबर

Advertise