२०८१ चैत २ गते शनिवार / Mar 15 , 2025 , Saturday
२०८१ चैत २ गते शनिवार
Ads

सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

hardik ivf
मध्यान्ह
२०८१ चैत १ गते २०:३३
सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत बैंकिङ सेवा सुरु गरेको बैंकले कर्मचारीको प्रोत्साहनका लागि यस्तो सम्मान प्रदान गरेको हो ।

बैंकले चैत १ लाई वर्षेनी कर्मचारीको दिनको रूपमा मनाउँदै आएको छ । बैंकले अठारौँ वर्ष पूरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरी जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका थिए । बैंकमा हाल १८ सय कर्मचारीहरू कार्यरत रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise