काठमाडौं : जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, सोह्रखुट्टेमा सम्पन्न भएको थियो ।
उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका विशेष स्कुटरहरूमार्फत् उनीहरूले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्न र सहजताको अनुभव गर्न सक्ने अपेक्षा गरिएको छ ।
टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । जगदम्बा मोटर्सले सदैव सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ ।