२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

शिलान्यास भइसकेको गुम्बाको विवादित जग्गामा विद्या भण्डारीको अर्को शिलान्यास तयारी

shivam cement
मध्यान्ह
२०८१ चैत १४ गते १७:४३
शिलान्यास भइसकेको गुम्बाको विवादित जग्गामा विद्या भण्डारीको अर्को शिलान्यास तयारी

काठमाडौं : लुम्बिनी विकास कोषले गुम्बा बनाउने नाममा बुद्ध धर्मगुरुहरूलाई एक आपसमा जुधाउने काम गरेको छ । बुद्धजन्मस्थल लुम्बिनीमा एक गुम्बाका लागि भूमि पुजन गरिसकेको जग्गा पुनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भूमि पुजन गराउने तयारी गरेर २ धर्मगुरुबीच विवाद गराउने काम भएको हो ।

लुम्बिनी विकास कोषमा बनाइने गुम्बाहरूलाई कोषले जग्गा भाडामा उपलब्ध गराउने कानुनी आधारमा रहेर एक व्यक्तिलाई दिएको जमिन व्यक्ति विशेषको रवौयाका कारण पुनः अर्कोलाई दिएपछि विवाद उत्पन्न भएको धर्मगुरुहरूले बताएका छन्  ।

पछिल्लो समय नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले गुम्बाका लागि भूमि पुजन गरेको जग्गामा विवाद परेको छ । सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक श्याल्पो रिम्पोचेको अगुवाईमा यसअघि कांग्रेस नेतृ डा. राणले भूमि पुजन गरी निर्माणकार्य अघि बढेको थियो । अहिले सोही जग्गामा थुक्छे छोइलिङ मोनासष्ट्री नामक गुम्बाको अगुवाईमा पूर्वराष्ट्रपति भण्डारीले भूमि पुजन गर्न लागेकी हुन् ।

उक्त जग्गाको बारेमा उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दासमेत परेको छ । यसरी विवादित विषयमा समेत उच्च ओहदाका व्यक्तिहरुको शिलान्यास मोहले थप समस्या सिर्जना हुने बताइएको छ । 

पूर्वराष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा १५ चैतमा भूमि पुजन गर्ने तयारी भइरहँदा उच्च अदालत तुलसीपुर बुटवलले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । विवाद रहेको उक्त जग्गाको पुजन कार्यमा पूर्वराष्ट्रपति भण्डारी जान नहुने एक पक्षको माग रहेको छ । आफूहरुसँग छलफल नगरी लुम्बिनी विकास कोषका केही व्यक्तिहरुको प्रभावमा एक पक्षले गुम्बा निर्माण गरिरहेकै क्रममा सोही जग्गा अर्को पक्षलाई दिनु कानुनसम्मत नभएको सेन्चुरी फर युनिभर्सल पिसका संस्थापक श्याल्पा तेन्जिन रेन्पोछेको भनाइ छ ।

यस्तो विवादित विषयमा पूर्वराष्ट्रपति भण्डारी किन मुछिदै छिन् भन्ने विषय गम्भीर रहेको स्थानीयको भनाइ छ । लुम्बीनी विकास कोषका केही व्यक्तिको विभेदकारी कर्मले गुम्बा बनाउने गुरुहरूबीच विवाद ल्याउने काम भएको बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise