२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

स्वास्थ्य संस्था सञ्चालक संघ गठन

shivam cement
मध्यान्ह
२०८२ असोज ७ गते २१:२७
स्वास्थ्य संस्था सञ्चालक संघ गठन

काठमाडौं : वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका व्यवसायीहरूले स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल गठन गरेका छन् । स्वास्थ्य व्यवसायी मदनकुमार पूर्वेको नेतृत्वमा उक्त संघ स्थापना भएको हो ।

संघको उपाध्यक्षमा रामहरी थापा, महासचिवमा रघुनाथ पनेरु, कोषाध्यक्षमा नैनाकुमारी तुम्बाहाम्फे तथा कार्यसमिति सदस्यहरूमा खिमराज अधिकारी, अञ्जली रोक्का, पुजा चौधरी, चुडामणि पुलामी र लक्ष्मीनारायण उपाध्याय रहेका छन् ।

संघको कार्यालय उद्घाटनका साथै व्यवसायीहरूले विजयादशमीको अवसरमा चियापान गरी शुभकामना आदानप्रदान गरेका छन् ।

कार्यक्रममा नेपाल  स्वास्थ्य व्यवसायी महासंघका पूर्वउपाध्यक्ष तथा नेपाल मेडिकल व्यवसायी संघका पूर्वअध्यक्ष शम्शेर नेपालीले आफूले आबद्ध पहिलेका संस्थाहरूले व्यवसायीको हितमा काम गर्न नसकेको तथा विधान र प्रस्तावना अनुसार चल्न नसकेको बताए ।

उनले तत्कालीन मन्त्रीले दोहोरो मापदण्ड लागू गरेर व्यवसायीलाई अन्यायपूर्ण व्यवहार गरेकोे भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नयाँ नेतृत्व वैदेशिक रोजगार ऐनअनुसार चल्नुपर्ने भन्दै कामदारको स्वास्थ्य परीक्षण नियमन गर्न स्वास्थ्य मन्त्रालयमै पठाए उपयुक्त हुने जिकिर गरे ।

कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष थापाले सिन्डिकेटको विरोध गरे । उनले व्यवसायीको हितमा काम गर्न नयाँ संस्थाको जन्म भएको हुँदा व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।

व्यवसायी सोमराज लिम्बू, नुरपति भण्डारीलगायतले सि ग्रेडमा उपलब्ध उपकरण र औजारबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वस्थ्य परीक्षण गर्न सबै स्वस्थ्य संस्थालाई आग्रह गरे । संस्थाका अध्यक्ष मदनकुमार पूर्वेको अध्यक्षतामा भएको कार्यक्रम खिमराज अधिकारीले सञ्चालन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise