काठमाडौं : स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु एक हजारले घटेको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको छ । मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज रु एक हजारले घटेको हो ।
यस्तै मङ्गलबार प्रतितोला रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९१ हजारमा कारोवार भएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक हजार १८० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको छ । केही समय पहिले सुुनको भाउ प्रतितोला रु एक लाख दुई हजारसम्म पुगेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies