काठमाडौं : नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय १० वटा नमूना पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६ सय २५, ललितपुरमा १ सय १३ र भक्तपुरमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ रहेको छ । तीमध्ये १० हजार १ सय ८४ जना होम आइसोलेसनमा र ६ हजार ४ सय ५५ जना संस्थागत आइसोलेसनमा रहेको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये ३ सय ४५ जना आईसीयु र ६३ जना भेन्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ प्रतिशत रहेको छ ।
कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ९० हजार ५ सय ९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा ६ सय ६९ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies