काठमाडौं : सरकारी र कूटनीतिक तहमा रहँदै आएको झन्डै एक वर्ष लामो संवादहीनता लाई चिर्दै भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङला नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका छन् ।
परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी आज विहान काठमाडौं आएका हुन् । विदेश सचिवको भ्रमण विगतका उच्चस्तरीय भ्रमणकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुनेछ । भ्रमण दुई पक्षीय सम्बन्ध सुदृढिकरणका लागि सहयोगी हुने विमानस्थलमा भारतीय विदेशसचिव श्रृङलाले बताए ।
सचिवस्तरीय भेटघाटमा यो पटक नेपालको नयाँ राजनीतिक नक्साको सीमांकन र सुस्ता भूभागसहितको विवादित क्षेत्रबारे कुरा उठाउने नेपाली पक्षको तयारी छ । विदेश सचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेट गर्नेछन् ।
शृंङलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम छ । भ्रमणका क्रममा उनले नेपाललाई कोरोना भाइरससँग जुध्न आवश्यक वस्तुहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।
शृङलाले शुक्रबार कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्ने कार्यक्रम पनि छ । गतवर्ष जनवरीमा पदभार सम्हालेयता भारतीय विदेश सचिव श्रृङगलाको यो पहिलो नेपाल भ्रमण हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies