२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

लुटपाट र आगजनी परे करिब ३ हजार हतियार, हराए १ लाख ६८ हजार बढी धातुका गोली

shivam cement
दिवाकर अधिकारी
२०८२ असोज ५ गते ०६:३५
लुटपाट र आगजनी परे करिब ३ हजार हतियार, हराए १ लाख ६८ हजार बढी धातुका गोली

काठमाडौं : नेपाल प्रहरीले लुटपाट र आगजनीमा परेका हतियारको विवरण संकलन गर्न थालेको छ । देशभरको विवरण संकलन गरेर भेरिफाइ गर्ने चरणमा रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार उपत्यका प्रहरी कार्यालयबाट मात्रै १ हजार पेस्तोल लुटपाट र आगजनीमा परेका छन् ।

देशभरको संकलित विवरणअनुसार २ हजार ९ सय ६४ हतियार लुटपाट र आगजनीमा परेका छन् । यसबाहेक १ लाख ६८ हजार ७ सय ९८ थान धातुको गोली पनि लुटपाट र आगजनीमा परेका छन् । 

हराएका हतियारहरूमा राइफल १ हजार १ सय ९० वटा छ । जसमा एसएलआर राइफल ३ सय २३ थान, इन्सास राइफल ३ सय २६ थान, ३ सय ३ राइफल २ सय ७५ थान रहेका छन् । हर्नेट राइफल २ सय १५ थान, मार्कफोर राइफल ६ थान र २२ म्याग्नम ४५ थान पनि हराएका छन् । यसमा लाग्ने धातुको गोली हराएको प्रहरीले जनाएको छ । सर्टगन ३ सय ४४ थान, विविध प्रकारका सर्टगन ३ सय २८ थान, फोल्डिङ र ननफोल्डिङ सर्टगन १५ थान र १२ बोर सर्टगन पनि आगजनी र लुटपाटमा परेको छ । 

६ सय ४७ थान पेस्तोल हराएको प्रहरीले जनाएको छ । पेस्तोलसँगै त्यसमा लाग्ने १३ हजार ७ सय ५ थान धातुका गोली हराएका छन् । 

आगजनी र लुटपाटमा परेकाहरूमा टाइम ५४ पेस्तोल ३ सय ३४ थान, टाइप ७७ पेस्तोल २८ थान, नाइनएमएम पेस्तोल १ सय १३ थान र ३८ स्पेसल रिभल्बर १ सय ७३ थान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबमेसिन गन ३३ थान र ग्यास गन ६ सय ८८ वटा आगजनी र लुटपाटमा परेका छन् । 

समग्रमा २ हजार ९ सय ६४ हतियार लुटपाट र आगजनीमा परेको प्रहरीले जनाएको छ । यसमध्ये उपत्यका प्रहरी कार्यालयबाट मात्रै करिब १५ सय हतियार आगजनी र लुटपाटमा परेको जनाइएको छ । धातुका गोली १ लाख ६८ हजार ७ सय ९८ र रबरका ८ हजार ३ सय ५९ गोली आगजनी र लुटपाटमा परेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise