२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

दुर्गा भगवती गाउँपालिकाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ असोज ६ गते १२:२३
दुर्गा भगवती गाउँपालिकाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ६१ लाख २६ हजार १७ रुपैयाँ ८८ पैसाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामार्फत उक्त बजेट प्रस्तुत गरिएको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा धुवाँमुक्त गाउँपालिका बनाउने लक्ष्य राखेको छ । प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवका अनुसार विभिन्न शीर्षकमा आवश्यकताअनुसार बजेट विनियोजन गरिएको छ । खासगरी, सुख्खाग्रस्त क्षेत्र भएकाले डिप बोरिङ र ह्याण्डपम्प जडानलाई प्राथमिकतामा राखिएको छ ।

कानुनी प्रावधानअनुसार असार १० गतेभित्र बजेट ल्याउनुपर्ने भए पनि जनप्रतिनिधिहरूबीच सहमति हुन नसक्दा गाउँसभा करिब तीन महिनापछि मात्र सम्पन्न भएको छ । सहमतिपछि गाउँसभा सम्पन्न भएसँगै कर्मचारीहरूको तलब वितरणको सम्भावना पनि बढेको छ ।

गाउँपालिकाले यो बजेटमार्फत स्थानीय आवश्यकता र विकासलाई प्राथमिकता दिँदै दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise