काठमाडौं : प्रेस काउन्सिल नेपालले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई प्रदान गर्ने भएको छ । काउन्सिलले आफ्नो ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) को अवसरमा भोली सोमबार आयोजना गरिने विशेष समारोहमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो । पुरस्कारको राशी एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै काउन्सिलले यस वर्षको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार सुरेश आचार्यलाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशी एक लाख पाँच हजार रुपैयाँ रहेको छ । यस्तै ५० हजार रुपैयाँ राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बाँकेको दैनिक नेपालगञ्जलाई, २० हजार राशीको भाषागत पत्रकारिता पुरस्कार सुनसरीका मो. हसन मियालाई र २० हजार राशीकै साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध साहित्यिक त्रैमासिक (सम्पादक÷प्रकाशक, होमशंकर बास्तोला)लाई प्रदान गरिने भएको छ ।
त्यस्तै २० हजार रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार गोरखाका नेपालभूषण न्यौपाने, मोरङका शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, धादिङका सीतारामप्रसाद बर्मा, कञ्चनपुरका हरि जोशी, धनुषाका बालकृष्णप्रसाद, खोटाङका शंकर कार्की, दैलेखका विष्णुप्रसाद शर्मा र सुनसरीका विश्वमणि सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।
यस्तै १५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार काठमाडौंकी मीना तिवारी घिमिरे, रुकुमका अजयदीप शर्मा, सुनसरीका अमर खड्का, कपिलवस्तुका डिलाराम भुसाल, कपिलवस्तुका करुण अर्याल, इलामका विधान श्रेष्ठ, सुनसरीकी निलिफा सुब्बा, काठमाडौंकी मन्जिमा ढकाल, कैलालीका सोमबहादुर थापा र धनुषाकी रिङ्कु मिश्र (गायत्री) लाई प्रदान गरिने भएको छ ।
यस्तै प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । उक्त पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । प्रेस काउन्सिल कर्मचारी प्रोत्साहत पुरस्कार विपुल पाण्डेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies