२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

तराईका जिल्लामा घरजग्गा खरिदबिक्री बढ्दै

Nada
२०८१ मंसिर ३ गते २१:३२
Shares
तराईका जिल्लामा घरजग्गा खरिदबिक्री बढ्दै

काठमाडौं : कात्तिकमा घरजग्गा खरिदबिक्री कारोबारमा केही सुधार देखिएको छ । देशभर कात्तिक महिनामा ३३ हजार बढी घरजग्गा खरिदबिक्री भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

ncell

गत वर्षको कात्तिक महिनाको तुलनामा चालु आर्थिक वर्षको कात्तिकमा घरजग्गा कारोबार २८.६७ प्रतिशतले बढेको छ । गत वर्षको सो महिनामा देशभर २६ हजार ४६ वटा घरजग्गा खरिदबिक्री भएको थियो । त्यस्तै चालु आर्थिक वर्षकोे असोज महिनाको तुलनामा कात्तिक महिनामा ९.७८ प्रतिशत बढेको छ । असोज महिनामा ३० हजार ५२७ वटा घरजग्गा किनेबच भएको थियो । 

घरजग्गा कारोबार बढ्दा घरजग्गा व्यवसायीमा केही आशा लगाएको छ । व्यवसायीले घरजग्गा कारोबार चार्डपर्वको कारण पछिल्लो तीन महिना बढ्न नसकेको बताएका छन् । कात्तिक महिनामा घरजग्गा कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्व पनि बढेको छ । गत वर्षको कात्तिक महिनामा घरजग्गा कारोबारबाट सरकारलाई दुई अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व उठेको थियो भने चालु वर्षको कात्तिक महिनामा भने दुई अर्ब ७० करोड ४० लाख रूपैयाँ राजस्व उठेको छ । यद्यपि, यो गत असोज महिनाको तुलनामा कम हो । गत असोजमा घरजग्गा कारोबारबाट तीन अर्ब आठ करोड १२ लाख रूपैयाँ राजस्व उठेको थियो । 

चालु आर्थिक वर्षको चार महिनामा घरजग्गाको कारोवारबाट सरकारलाई १२ अर्ब ७१ करोड ६ लाख रूपैयाँ राजस्व उठेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा तीन अर्ब ८३ करोड, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड र कात्तिकमा दुई अर्ब ७० करोड राजस्व उठेको छ । गत आवको चार महिनामा भने यस्तो राजस्व १२ अर्ब २० करोड ६८ लाख ७१ हजार रूपैयाँ राजस्व उठेको थियो । 

देशभरका मातपोत कार्यालयको तथ्यांकले कात्तिकमा सबै भन्दा धेरै राजस्व काठमाडौं उपत्यकाबाट उठेको देखाएको छ । जसमा सबैभन्दा धेरै राजस्व भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरबाट २४ करोड ५७ लाख, भक्तपुरबाट १७ करोड ६८ लाख, यस्तै, काठमाडौको चावहिलबाट २१ करोड ४२ लाख, कलंकीबाट १७ करोड ८ लाख, डिल्लीबजारबाट १५ करोड ७७ लाख रूपैयाँ उठेको हो । 

कात्तिकमा तराईका जिल्लाहरूमा  लिखत पारित धेरै भएको छ । यसले तराईको जग्गा कारोबार बढ्न लागेको संकेत गरेको छ । कात्तिकमा ३३ हजार ५ सय १४ वटा लिखत पारित हुँदा सबैभन्दा धेरै लिखत पारित मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ । यस्तै मोरङको बेलबारी मालपोतबाट १ हजार १ सय १२ र मालपोत कार्यालय जनकपुरधाम धनुषाबाट १ हजार २४ वटा लिखत पारित भएको छ । धेरै कारोबार हुने शीर्ष मालपोत कार्यालयमा तराईका जिल्ला नै अघि छन् । 

सम्बन्धित खबर