मलेसिया : समुदायभित्रको भेदभाव हटाएर एकताको चाहाना तथा मधेशको सांस्कृतिक संरक्षण प्रवर्धन गर्ने उदेश्यका साथ हेल्प मधेसी मलेसियाले आफ्नो तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
अधिवेशन आगामी १४ सेप्टेम्बर २०२५, आइतबारका दिन राजधानी क्वालालम्पुरस्थित (नेपाली दूतावास छेउको भवन) मा गर्ने भएको छ । अधिवेशनमा संस्थाको नेतृत्व र भावी योजनाबारे छलफल हुने आयोजक समितिका प्रमोद कुमार महतोले जानकारी दिए ।
हेल्प मधेसी मलेसियामा स्थापित सामाजिक संस्था हो जसले मधेशमा भैपरी आएका समस्याहरू समाधानमा सघाउ पुर्याउदै मधेसी र गैर मधेसी श्रमिकहरूका समस्यामा समाधान गर्दै आइरहेको छ ।