२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तालिमले बनायो आधुनिक र व्यावसायिक

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन ६ गते २१:१२
तालिमले बनायो आधुनिक र व्यावसायिक

अर्घाखाँची : गर्धव जातिको पुख्यौली पेसा सारंगी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीकरण गर्न क्षमता विकास सम्बन्धी  तालिम पाएका युवा युवतीहरु अहिले व्यवसायिक बन्न थालेका छन् ।

पर्यटन डिभिजन कार्यालय रुपन्देहीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाका  २५ जना गन्धर्वलाई १० दिने सारंगी बजाउने प्रशिक्षण दिएपछि अहिले उनीहरु व्यवसायिक बन्न थालेका हुन् । अर्घाखाँची अर्घाका १५ जना  पुरुष र १० जना महिलालाई  पर्यटन डिभिजन कार्यालय रुपन्देहीले विकासका लागि गन्धर्व जातिको पुख्यौली पेशा क्षमता विकास प्रविधि हस्तान्तरण संरक्षण तथा पवद्र्धन कार्यक्रम गरी उनीहरुलाई सीप सिकाएपछि अहिले उनीहरु व्यवसायिक बन्न शुरु गरेका हुन्  ।

पुख्यौली पेशा सारंगी बजाएर जीविकोपार्जन गर्दै आएका  अर्घाका गन्धर्व  जातिको पछिल्लो  समय पेसा नै संकटमा परेको बेला पर्यटन डिभिजन कार्यालयले उनीहरुलाई तालिम दिएकोले सारंगी बजाएर गीत गाउने पेशालाई संरक्षण गर्दै नयाँ पुस्ता र महिलालाई सारंगी बजाउन सिकाएपछि अहिले उनीहरु व्यवसायीक बनेको सुन्न पाउँदा खुसी लागेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख उपसचिव गीता आचार्यले बताइन् ।

‘अहिलेको अवस्थामा सारंगी बजाएर गीत गाएको सुन्दा रमाइलो लाग्छ, त्यसैले हामिले तालिम दिएका थियौं,’पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख आचार्यले भनिन्, ‘यो पेशा र संस्कृतिलाई आधुनिक तथा व्यवसायी बनाउन शुरु गरेका छौं  अहिले ठूलो शहर, होटल तथा डान्स बार, विभिन्न सांस्कृति तथा अन्य कार्यक्रममा यसको माग हुन्छ त्यसैले युवा युवतीलाई यो तालिम दिएका छौं ।’

सामुदायिक जागरण विकास मञ्चले तालिमको सहजीकरण गरेको थियोे । प्रशिक्षणबाट तालिम पाएका  महिला पुरुष उत्साहित भएका छन् ।

पर्यटन डिभिजन कार्यालयले प्रशिक्षणसँगै सांस्कृतिक प्रविधि समेत हस्तान्तरण गरेको थियोे । गन्धर्वका पुर्खाले सारंगी बजाएर घरघरमा गीत गाउँदै हिँडेर पिठ्युँमा अन्नको भारी कोखमा सारंगी बोकेर महिना गाउँ घुमेर अन्नपात बटुल्थे । त्यतिबेला पैसा दिने चलन थिए । गन्धर्वले एउटा घरमा सारंगी बजाएर गीत गाए वापत अन्नपात, घ्यू पाउँथे । कुनैबेला गाउँमा सूचना र सञ्चारको पहुँच नहुँदा गन्धर्वले सारंगीमा बजाएर गीतमा सुनाउने घटनासँग नागरिकको चाख हुन्थ्यो ।
‘टोलमा गन्धर्व पुग्दा घटना सुन्न आउनेको तछाडमछाड हुने र कारुणिक गीतको सारंगी धुनमा गन्धर्वले प्रस्तुत गर्ने सारंगीमा घटना सुनाउँदै जाँदा कयौं मान्छे रुन्थे,’ ठाकुर गन्धर्वले भने, ‘हरेक घटना, गतिविधिको सूचना गीतमार्फत सुनाउँथ्यौं । अहिले यो पेशा लोप हुन थालेको थियोे, तर  सरकारले यसलाई संरक्षण गर्दै पेशालाई व्यवसायिक र आधुनिकीकरण गर्न थालेकोमा सुखी लागेको उनको भनाइ छ । त्यस्तै लोप हुन लागेको थारु संस्कृतिको जर्गेना गर्न पश्चिम नवलपरासीमा थारु समुदायका लागि मनरा बजाउने तालिम दिएपछि त्याहाका थारु समुदायहरु उत्साहित भएका छन् । 

पर्यटन डिभिजन रुपन्देहीले थारु जातीका बडघरको सीप र ज्ञान पहिचान गरी क्षमता विकास र मौलिक परम्परा संरक्षण गर्ने उद्देश्यले मनरा थारु समुदायलाई तालिम दिएपछि उनीहरु खुसी भएका हुन् । जिल्लामै एक दुई जना मात्र थारु अगुवाहरुले वास्तविक रुपमा मनरा बजाउन जानेकाले उनीहरुकै माध्यमबाट संस्कृति जर्गेना र थारु सामुदायको आयआर्जनका लागि मनरा बजाउने तालिमको केही समय पहिला आयोजना गरिएकोमा तालिमले अहिले उपलब्धीमूलक भएको  पर्यटन डिभिजन कार्यालयकी प्रमुख उपसचिव आचार्यले दावी गरिन्  ।

थारु सामुदायको परम्परागत शैलीमा विभिन्न सुर तालसहित मादल बजाउने प्रथालाई मनरा बजाउने भनिन्छ । यता रुपन्देहीमा छाला तथा छालाजन्य बस्तुबाट तालिम दिएपछि बेरोजगार युवाहरु पेसाप्रति बफादार बन्दै गएका छन्  । रुपन्देहीका पाशी, चमार, हरिजन, तेली, चिडिमार, नटुवा, सोनाहा तथा अन्य लोपउन्मुख जातिको परम्परागत पेशाको रुपमा रहेको छालाबाट सामग्री आधुनिकीकरण र क्षमता विकास गर्नका तालिम आयोजना गरिएको डिभिजन प्रमुख आचार्यले दावी गरिन् । यस कार्यालयले दिएको तालिमबाट धेरै युवायुवतीहरु लाभान्वित भएका छन्  ।

ADVADV

सम्बन्धित खबर

Advertise